२०८३ साउन २१ गते बिहीबार

पछिल्लाे २४ घण्टामा देशभर थप ३९ जनाकाे ज्यान गयाे

पछिल्लाे २४ घण्टामा देशभर थप ३९ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ३ गते बिहीबार ०८:२०

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप  २ हजार ६ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका...

२ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप  २ हजार ६ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहीबार ०८:२०
हजुरको प्रतिक्रिया