नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सरकारले सरकारी कर्मचारीलाई पर्यटन विकास कोष (एलडिसी) उपलब्ध गराउनुपर्ने बताएका छन् ।
आईतवार काठमाडौंमा होटल तथा पर्यटन व्यवसायी संघ, वागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा उहाँले आन्तरिक पर्यटन विकासका लागि कोष उपलब्ध गराउनुपर्ने बताएका हु्न् ।
उनले सरकारले कर्मचारीहरुलाई सातै प्रदेश घुम्ने व्यवस्था गरी एक साता वा दश दिनको टुर प्याकेजको व्यवस्था गर्नुपर्ने बताए ।
सरकारले यस्तो सुविधा प्रदान गर्दा होटल व्यवसायीले आफ्नो प्याकेजमा जोडेर आन्तरिक पर्यटनमा थप टेवा पु¥याउनसक्ने उनको भनाइ छ ।
भारतमा सरकारी कर्मचारीलाई एलडिसी सुविधा भएको भन्दै उनले भारतीय सरकारी कर्मचारीलाई नेपालको पर्यटनसँग जोड्ने प्रयासमा आफूहरु रहेको बताए ।
उनले भने, ‘डोमिस्टिक टुरिजमलाई थप गतिशिल बनाउन, सातै प्रदेशमा चल्न मलाई लाग्छ नेपाल सरकारले एलडिसी आफ्ना कर्मचारीहरुलाई सातै प्रदेश घुम्ने सात दिन वा दश दिनको एलडिसीको सुविधा प्रदान ग¥यो भने त्यो पनि हामी जोड्नसक्छौँ । त्यस्तै मित्र राष्ट्र भारतको सरकारी कर्मचारीहरुलाई पनि एटलिस्ट नेपलाको गन्तव्य जोड्ने गरी हामीले पटक पटक अनुरोध गरेका छौँ । एक पटक उनीहरुले जोडेर पनि ल्याएको तर पछिल्लो क्रममा रेल वेको सबैभन्दा ठूलो जनसक्ति छ त्यहाँ, हाम्रो विशेष अनुरोध छ र इन्डियन एम्बेसीलगायत संघ संस्थासँग मिलेर आर्थिक टुर अपरेटर तिनीहरुसँग गरेर जोड्दै भारत सरकारका कर्मचारीहरुलाई पनि भारतले एलडिसी विभिन्न संघसंस्थाले दिने गरेको छ । त्यस्लाई जोड्दै नेपाल हामीले जोड्नसक्यौँ भने त्यसले पनि एउटा टुरिष्टको फ्लो बढ्नेमा हामी विश्वस्थ छौँ ।’
वरिष्ठ निर्देशक ऐरले आन्तरिक पर्यटन विकासका लागि सातै प्रदेशमा विभिन्न मेलाहरु आयोजना गर्नुपर्नेमा जोड दिए । सातै प्रदेशमा ठूला लगानीमा सञ्चालित होटल व्यवसायले डिजिटल माध्यमबाट छिमेकी देश भारत र चीनका पर्यटकलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ
प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०४:०६




