२०८३ साउन २१ गते बिहीबार

शुक्रबार गण्डकीमा थप ११ जनाकाे ज्यान गयाे

शुक्रबार गण्डकीमा थप ११ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार ०६:५८

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण शुक्रबार थप ११ जनाकाे ज्यान गएकाे छ । याे सँगै प्रदेशभर काेराेना संक्रमणपछि मृत्यु हुनेकाे संख्या ८७६ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । शुक्रबार ज्यान गुमाउनेहरूमा...

काेराेनाका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या ८७६ पुग्याे

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण शुक्रबार थप ११ जनाकाे ज्यान गएकाे छ । याे सँगै प्रदेशभर काेराेना संक्रमणपछि मृत्यु हुनेकाे संख्या ८७६ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

शुक्रबार ज्यान गुमाउनेहरूमा कास्कीका ४ जना, म्याग्दीका ३ जना, बाग्लुङ, तनहुँ, गाेरखा र नवलपरासी पूर्वका एक- एक जना रहेका छन् ।

कास्कीकाे रूपा गाउँपालिका २ का ५४ बर्षीय संक्रमित पुरूषकाे शुक्रबार पाेखराकाे मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । नीजमा गत जेठ १९ गते काेराेना पुष्टि भएकाे थियाे । यस्तै, पाेखरा महानगरपालिका १३ की ६७ बर्षीय संक्रमित महिलाकाे उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पाेखरामा शुक्रबार ज्यान गएकाे छ । पाेखरा-३ का ५२ बर्षीय संक्रमित पुरूषले शुक्रबार नै पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाएका छन् ।

पाेखरा-३२ का ८७ बर्षीय पुरूषकाे बिहिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएकाे निर्देशनालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा प्रदेशभर थप १८४ संक्रमित थपिँदा ५१३ जना निकाे भएका छन् ।

गण्डकी प्रदेशभर हालसम्म २ लाख २३ हजार ३ सय ५४ जनाकाे काेराेना परिक्षण भएकाे निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ । जसबाट हालसम्म ५१ हजार ९ सय ५२ जना संक्रमित फेला परेका छन् । अहिलेसम्म ४६ हजार ४ सय २५ जना निकाे भएका छन् भने हाल प्रदेशभर ४ हजार ६ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् । काेराेना संक्रमणपछि गण्डकीमा अहिलेसम्म ८ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

काेराेना संक्रमितकाे अवस्थाबारे गण्डकी प्रदेशकाे जिल्लागत विवरण यहाँ हेर्नुहाेस् 

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०६:५८
हजुरको प्रतिक्रिया