काठमाडौं ।
चैत्र १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा छिरेर तोडफोड र लुटपाट गर्नेहरूलाई बहादुरीसाथ लखेट्ने एक सुरक्षा गार्डलाई कम्पनीले नगद पाँच लाख एक हजार एक सय ११ रुपैयाँ सहित सम्मान गरेको छ ।
लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको साहसलाई उच्च कदर गर्दै बुधबार भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो । साथै अन्य सुरक्षा गार्डलाई पनि भाटभटेनीले सम्मान गरेको छ ।
प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ११:५४