२०८३ साउन २१ गते बिहीबार

तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त

तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ०३:१५

नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले...

नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए ।

उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे ।

उनले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गरे ।

उनले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यी सबै भुमिकामा ज्ञानेन्द्र शाहको भुमिका के हो रु छैन भने नभन्नुस छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बीचमा आउनुप¥यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ रु मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कू को प्रयत्न हो । यसको क्यारेक्टर कुनै संवैधानिक होइन । सिंहदबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने र संसद कब्जा गर्ने त्यही त हो । अनि सरकारले के हेरेर बसेको रु दुर्गाले त सार्वजनिक रुपमा बोलेको हो त जे जे हातहतियार पाइन्छ लिएर आउनु भनेर भाषण गरेर हिँड्या छ ।’

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ०३:१५
हजुरको प्रतिक्रिया