२०८३ साउन २१ गते बिहीबार

वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छः मन्त्री ठकुरी

वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छः मन्त्री ठकुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २३ गते आइतबार ०१:३५

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन...

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।

नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आईतवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

उनले सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि जिकिर गरे ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन उनको भनाइ छ ।

उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएको छ । र यसको न्युनिकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव हुन्न । वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ । सम्पुर्ण सरोकारवाला निकायहरु, नागरिक समाज, स्थानीय समुदाय, युवाहरुको भुमिका पनि महत्वपूर्ण छ । यसलाई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रुपमा लिएर कार्यहरु गर्दै आएको छ । डढेलो व्यवस्थापनमा राज्यका सम्पुर्ण संयन्त्रहरु लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्युनिकरण भएको छ । वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरु विकल्पहरु छैनन् । हामीले विभिन्न विकल्पहरु खोजि गरिरहेका छौं ।’

उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यससम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताए। सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रश्तुत गर्नेछन् ।

प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०१:३५
हजुरको प्रतिक्रिया