२०८३ साउन २१ गते बिहीबार

पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार ०३:२०

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ । राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ । बिहीवारको बैठकमा सांसदहरुले पानी जहाज...

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ ।

राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ ।

बिहीवारको बैठकमा सांसदहरुले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्वे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखे ।

विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ ।

पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबीच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताए ।

उनले कुनैपनि मुलुकबाट समून्द्रसम्म यात्रु ओसारपोसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको जिकिर गरे ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०३:२०
हजुरको प्रतिक्रिया