२०८३ कात्तिक ११ गते मंगलबार

मंगलबार थप ४१ जनाकाे मृत्यु, ४ हजार ५२२ संक्रमित थपिए

मंगलबार थप ४१ जनाकाे मृत्यु, ४ हजार ५२२ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ८ गते मंगलबार ०६:०२

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनाको मृत्यु भएको छ । याे अवधीमा देशभर थप ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार...

यहि अवधीमा ४ हजार ९५४ जना संक्रमणमुक्त

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनाको मृत्यु भएको छ । याे अवधीमा देशभर थप ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यहि अवधीमा ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ । तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०७८ असार ८ गते मंगलबार ०६:०२
हजुरको प्रतिक्रिया