२०८३ साउन २१ गते बिहीबार

नेपाल रेडक्रस सोसाइटी कास्कीको नेतृत्वमा १ मतको हारजित

नेपाल रेडक्रस सोसाइटी कास्कीको नेतृत्वमा १ मतको हारजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०४:५९

पाेखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको नेतृत्वमा केवल १ मतको अग्रताले कृष्णप्रसाद तिमिल्सिनालाई हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत...

पाेखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको नेतृत्वमा केवल १ मतको अग्रताले कृष्णप्रसाद तिमिल्सिनालाई हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाए ।

महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन् ।

खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए ।

यसैगरी मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए । कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् ।

उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन् ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०४:५९
हजुरको प्रतिक्रिया