२०८३ साउन २१ गते बिहीबार

राईपुर पोखरा सम्पर्क समाजको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

राईपुर पोखरा सम्पर्क समाजको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०५:४७

पाेखरा । राईपुर पोखरा सम्पर्क समाजले सनिबार शुक्ला गण्डकी-११ मा दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । नारायण आधारभूत विद्यालयमा सम्पन्न शिविरमा शुक्लागण्डकी-११ का स्थानीय तथा छिमेकी पालिकाका...

पाेखरा । राईपुर पोखरा सम्पर्क समाजले सनिबार शुक्ला गण्डकी-११ मा दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

नारायण आधारभूत विद्यालयमा सम्पन्न शिविरमा शुक्लागण्डकी-११ का स्थानीय तथा छिमेकी पालिकाका २ सय पचासभन्दा धेरैले सेवा लिएकाे दुखाई राेग विशेषज्ञ हरि पाैडेलले बताए ।

कार्यक्रममा पोखराका विभिन्न अस्पतालमा कार्यरत विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ परीक्षण गरिएको थियो ।   पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुखाई राेग विशेषज्ञ डाक्टर हरि पौडेल र कास्की मोडल अस्पताल पोखराका डाक्टर दिपिका कार्कीको नेतृत्वमा गएकाे विशेषज्ञ डाक्टरहरूले स्थानीयकाे स्वास्थ्य परिक्षण गर्नुका साथै करिव ३ लाख बराबरकाे औषधी वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योतिष सङ्घ गण्डकीका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री तथा शिक्षाप्रेमी शेषबहादुर क्षेत्री लगायतकाे उपस्थिति रहेकाे आयोजकले जनाएको छ ।विजयकुमार भट्टराईकाे संयाेजनमा सञ्चालित कार्यक्रमकाे अध्यक्षता समाजका अध्यक्ष याम बहादुर शाहीले गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०५:४७
हजुरको प्रतिक्रिया