सोमबार एकैदिन ५४ जनामा संक्रमण पुष्टि
पोखरा । पोखरामा आज साेमबार अहिलेसम्मकै सर्वाधिक धेरै जनामा एकैपटक कोरोना संक्रमण देखिएको छ । एकैपटक ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्मको तथ्यांकमा यो सवैभन्दा धेरै हो । आजै पोखराका थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हालसम्मकै सर्वाधिक संक्रमणको रेकर्ड बनेको हो । आज विहानै पोखरामा २० जना संक्रमित भेटिएका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्कीको रुपा गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ तथा ५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यता तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर नखुलेका २ जना पुरुष, वडा नम्बर ५ र ६ का १÷१ जना पुरुष तथा वडा नम्बर ६ का १ महिला र १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ६ का १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।




