२०८३ साउन २१ गते बिहीबार

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः दीपकराज जोशी

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः दीपकराज जोशी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०९:१२

उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको उल्लेख गरे ।

काठमाडौं ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।

काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताए ।

युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको उनले जिकिर गरे ।

उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको उल्लेख गरे ।

म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उनको भनाइ छ ।

उनले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको उल्लेख गरे ।

त्यस्तै नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताए ।

सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरु आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको उनले जिकिर गरे ।

नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

सीमित बजेट भएपनि पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रमहरुमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०९:१२
हजुरको प्रतिक्रिया