कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् ।
याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए ।
उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाँैरी पालन भएको बताए । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ ।
उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।
उनले भने, ‘कठोर हिमाली परिवेशमा पनि सहजै अनुकुलन गर्नसक्ने सिमित आहार र प्रतिकुल मौसमका बाबजुत उत्पादन दिन सक्ने र गोठालासँग जीवन बाँड्दै दिनरात चरणमा घुम्ने याक चौँरी हाम्रा पहिचान, गौरव र धरोहर हुन् । नेपालको हिमाली क्षेत्रले देशको करिव ३५ प्रतिशत भूभाग ओगटेको छ । त्यहाँ बसोवास गर्ने समुदायको जीविकोपार्जनको मुल आधार नै याक चौँरी पालन हो । हिमाली जनजीवनमा याक चौरँी बहुउपयोगी पशु हुन् । नाकको दुध र त्यसबाट बन्ने छुर्पी, छेनालगायतका परिकार हिमाली समुदायको खानपानको मेरुदण्ड हो । तिनका अलावा याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरुसमेत निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादनहरु हुन् । याक पर्यटन प्रवद्र्धनको पनि आकर्षणको केन्द्र बनेका छन् । तिनले सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यमा सहयोग पु¥याइरहेका छन् । अझ भन्नुपर्दा याक र चौँरी बिनाका हिमाली पारिस्थितिक प्रणाली अपुरो हुनेकुरा पनि हामीले अध्ययन गर्नुपर्ने जरुरी देखिन्छ । याक चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती र वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेका कुरा यहाँहरुको बीचमा निवेदन गर्न चाहन्छु । तर दुःखको कुरा पछिल्लो समयमा नेपालको याक चौँरीको संख्या घट्दो क्रममा छ । यस अवस्थाको पछाडी धेरै कारणहरु हुन सक्छन् । हामीलाई जानकारी नहुन पनि सक्छ । भौगोलिक अवस्थिति, भौगिलिक चुनौति, युवा पुस्ताको बसाईंसराई चरण क्षेत्रको अभाव, प्रजनन्सम्बन्धि समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता विविध विषय हुन सक्छन् । अब हामीले याक र चौँरी पालनको संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नु जरुरी भएको छ ।’
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताए । उनले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिए । ्
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०३:५०




