२०८३ साउन २१ गते बिहीबार

अलविदा ! ‘ट्रयाजेडी किङ’

अलविदा ! ‘ट्रयाजेडी किङ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २३ गते बुधबार ०२:५६

बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको बुधबार उपचारका क्रममा निधन भएको ह। उनी ९८ वर्षका थिए। विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल...

बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको बुधबार उपचारका क्रममा निधन भएको ह। उनी ९८ वर्षका थिए। विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए।

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो।

देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए- आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ।

अमिताभ बच्चन र जया बच्चनसँग दिलिप कुमार

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए।

दिलिप कुमारको जन्म ११ डिसेम्बर सन् १९२२ मा ब्रिटिश इन्डियाको पेशावर (हाल पाकिस्तान) मा भएको थियो ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०२:५६
हजुरको प्रतिक्रिया