२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्री रमेश लेखकको आह्वानः ‘सबै मिलेर विपद् जोखिम न्युनिकरणको पूर्वतयारीमा जुटौँ’

गृहमन्त्री रमेश लेखकको आह्वानः ‘सबै मिलेर विपद् जोखिम न्युनिकरणको पूर्वतयारीमा जुटौँ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ८ गते बुधबार ०९:००

यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले अहिले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए ।

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनिकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गरेका हुन् ।

उनले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिमको न्युनिकरण गर्ने बारेमा छलफल भएको बताए ।

उनले ¥याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको जानकारी दिए ।

उनले भने, ‘अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ । केही समयपछि मनसुन प्रारम्भ हुन्छ । अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्युनिकरण गर्ने र विपद् भए त्यसको त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ । अहिले निजी क्षेत्रका विभिन्न संस्थाहरु जस्तोः ¥याफ्टिङ एशोसिएशन छ, पर्यटकका आरोहणको क्षेत्रका छन् । उहाँहरुलाई रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुन्छ । त्यसकारण सरकारले विभिन्न गैरसकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले जोमिखमा विपद्को जोखिमलाई न्युनिकरण र व्यवस्थापन गर्नेकुरामा सहयोग गर्न सक्नुहुन्छ, उहाँहरुसँग छलफल गरेर सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर जोखिम न्युनिकरण गरौँ । जोखिम भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गरौँ भन्ने साझा धारणा निर्माण गर्ने तयारी स्वरुप यो बैठक बसेको हो ।’

यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले अहिले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए ।

उनले हिमाली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि ¥याफ्टिङ एशोसिएशनसँग छलफल गरेको जानकारी दिए ।

छलफलमा दुवै संस्थाहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘अहिले हामी लगातार मनसुन प्रतिकार्य योजना बनाउने क्रममा छौँ । यसका लागि हामीले विभिन्न बैठक बसिरहेका छौँ । हिमली उद्धारमा समस्या आउँदा गर्ने कामको बारेमा पर्वतारोहण संघसँग र बोटको अभाव हुन नदिने र जनशक्ति व्यवस्थापन गर्न छलफल गरेका हौँ । उहाँहरुसँग सहकार्य गरौँ भनेर राखिएको हो । उहाँहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यो वर्ष पहिलाको वर्ष भन्दा बढी पानी पर्छ, बढी तातोको अवस्था आउनेछ स्थिति छ । पहिलाको भन्दा राम्र्रो तयारी गरौँ भनेर लागेका छौँ ।’

उनका अनुसार यस वर्ष गत वर्षको भन्दा पनि बढी वर्षा हुने र बढी गर्मी हुने अनुमान छ । त्यसैअनुसार पूर्वतयारीमा लागेको उनले उल्लेख गरे ।

छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार ०९:००
हजुरको प्रतिक्रिया