२०८३ असोज २५ गते आइतबार

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँः मन्त्री पाण्डे

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँः मन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार १०:४२

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा गरिरहेको उनले उल्लेख गरे ।
हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताए ।

उनले हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, बाढी, पहिरो हुँदै समुन्द्रसम्म असर पुग्दा पृथ्वीले असन्तुलन सहनुपर्ने खरता रहेको उनले बताए ।

सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक जानकारी गराएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा गरिरहेको उनले उल्लेख गरे ।

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।

मन्त्री पाण्डेले भने, ‘जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, हाम्रा सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको छ । यसले केवल सगरमाथालाई असर गर्दैन । हिमवत खण्डलाई मात्रै असर गर्दैन । यसको असर पहाड हुँदै यसको असर समुन्द्रसम्म पुग्छ । हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, त्यसले निम्त्याउने बाढी, पहिरो, त्यसको असर समुन्द्रसम्म पुग्दा पूरा पृथ्वीले असन्तुलन सहनुपर्ने हुन्छ । त्यसैले हामीले सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरतापूर्वक छलफल ग¥यौँ । संयुक्त राष्ट्रसंघका महासचिव केही वर्ष पहिला आउनुभएको थियो । उहाँले गम्भीरताका साथ यो विषय उठाउनु भयो । हामीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा चर्चा गरेका छौँ । त्यसमा पनि नेपालले नेतृत्वदायी भुमिका निर्वाह गरेर हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्नेछ ।’

७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौं ठमेलदेखि वसन्तपुरसम्म पदयात्रा आयोजना गरिएको हो ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार १०:४२
हजुरको प्रतिक्रिया