२०८३ साउन २१ गते बिहीबार

वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध

वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १८ गते शनिबार १०:०८

वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको छ । धरान–धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी–६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ ।उता झापा गाउँपालिका– २ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

झापामा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा

पोखरा ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको छ । धरान–धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी–६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ ।

सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ ।

यस्तै कोशी लोकमार्गअन्तर्गत गाँगुरीगढी– ६ स्थित नमस्ने झरना नजिक सडकमा रुख ढलेका छन् ।

प्रहरी र सेनाको पाँच–पाँच जनाको टोली खटिएर सडक खुलाउँदै छन् । राजमार्ग अवरुद्ध भएपछि रातिदेखि नै यात्रुको बिचल्ली भएको छ ।

यता धनकुटाकै चौबिसे गाउँपालिका– ४ अन्र्तगत निर्माणाधीन तमोर करिडोर पनि दुईतर्फी अवरुद्ध छ। छरुवा खोलामा आएको बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वी नेपालमा शुक्रबार राति मुसलधारे वर्षा भएको थियो ।

उता झापा गाउँपालिका– २ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

मनसुन शुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

यो वर्ष सददरभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास बढेको छ ।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार १०:०८
हजुरको प्रतिक्रिया