२०८३ साउन २१ गते बिहीबार

मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा

मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ४ गते बुधबार १२:४१

शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । अब अरु क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उनको भनाइ छ ।

पोखरा ।

पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताएका छन् ।

नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबइ, सिंगापुर बनिसकेको हुने बताए ।

शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । अब अरु क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उनको भनाइ छ ।

डा. शर्माले भने–‘वास्तवमा मेडिकल विधामा नेपालले आफूलाई जति छंलाङ मार्नसक्यो । अरु विधामा यसरी नै छंलाङ मारेको भए हामी दुबइ वा सिंगापुरको हाराहारीमा यो मुलुकलाई पु¥याउन सक्थ्यौं । तर मेडिकलमा मात्र अघि बढ्यो अरुमा कम प्रोगे्रस भयो । त्यसकारणले यहाँसम्म आइपुग्नुको पछाडी राज्यको नीति सबैको परिश्रम, मेडिकल क्षेत्रले आफूलाई फास्ट ट्रायकमा विकास गरेका कारणले हामी यहाँ सम्म आइपुग्यौं । अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरुको जमाना छ । म आश गर्छु अर्को २० वर्ष पछाडी म बुढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ यो भन्दा अझ अगाडी २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’

प्रध्यापक डाक्टर अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौति रहेको बताए ।

अहिले एआइ, रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उहाँले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरुको समेत परिपालनामा आफूहरु अब्बल रहेको बताए ।

उनकाअनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाले निजी क्षेत्रमा सबैभन्दा नाम चलेको संस्थाका रुपमा नोबेल मेडिकल कलेज स्थापित भएको बताए ।

उनकाअनुसार नोबल स्थापनापछि केही डाक्टरले मात्रै नभई समाजमा धेरैले रोजगारी समेत पाइरहेका छन् ।

उनले नोबल मेडिकल कलेजको स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति भइरहेको बताए ।

उपाचारका लागि बाहिर जाने बाध्यता हट्नु सुखद् भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार १२:४१
हजुरको प्रतिक्रिया