२०८३ साउन २१ गते बिहीबार

धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन

धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०९:१४

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए ।
लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उनले आग्रह गरे ।

पोखरा ।

धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ ।

कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै एक सय मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए ।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उनले आग्रह गरे ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने जनाइएको छ ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०९:१४
हजुरको प्रतिक्रिया