२०८३ साउन २१ गते बिहीबार

उदेनढुंगामा निशुल्क बृहत स्वास्थ्य शिविर, ३५२ जना लाभान्वित

उदेनढुंगामा निशुल्क बृहत स्वास्थ्य शिविर, ३५२ जना लाभान्वित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०२:२६

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ उदेनढुंगामा निशुल्क बृहत स्वास्थ्य शिविर भएको छ । वडा कार्यालयको आयोजना फेवासिटी हस्पिटल पोखरा र अमर पोलिक्लिनिक पोखराको प्राविधिक सहयोगमा शनिबार शिविर सन्चालन भएको हो । शिविरमा ३५२...

तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ उदेनढुंगामा निशुल्क बृहत स्वास्थ्य शिविर भएको छ ।
वडा कार्यालयको आयोजना फेवासिटी हस्पिटल पोखरा र अमर पोलिक्लिनिक पोखराको प्राविधिक सहयोगमा शनिबार शिविर सन्चालन भएको हो ।
शिविरमा ३५२ जनाले सेवा लिएको वडाध्यक्ष सचिन भुजेलले जानकारी दिए ।
दिवस मावीमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा लगायत १८ जना डाक्टरको टोलीले सेवा दिएको हो ।
निशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, रगत परीक्षण र निशुल्क औषधि सेवा प्रदान गरेको वडाध्यक्ष भुजेलले बताए ।
गाउँमा रहेका जनताको स्वास्थ्य समस्याको पहिचान गर्दै उपचार र औषधी वितरण गर्ने उदेश्यले शिविर आयोजना गरेको उनको भनाइ थियो ।
वडाले नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनको भनाइ छ । गतवर्ष वन्केवामा शिविर सञ्चालन भएको थियो ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०२:२६
हजुरको प्रतिक्रिया