२०८३ साउन २१ गते बिहीबार

काेराेनाबाट बुधबार थप १८ जनाकाे मृत्यु

काेराेनाबाट बुधबार थप १८ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ३० गते बुधबार ०६:३१

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । साेहि अवधिमा थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा...

देशभर २ हजार ९०५ जना संक्रमित थपिए

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । साेहि अवधिमा थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०६:३१
हजुरको प्रतिक्रिया