२०८३ साउन २१ गते बिहीबार

काेराेनाबाट थप ४३ जनाकाे ज्यान गयाे, २ हजार ९३६ संक्रमित थपिए

काेराेनाबाट थप ४३ जनाकाे ज्यान गयाे, २ हजार ९३६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन १ गते शुक्रबार ०६:४६

पाेखरा । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ। यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप २ हजार...

देशभर काेराेनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुग्याे

पाेखरा । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।

यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ साउन १ गते शुक्रबार ०६:४६

हजुरको प्रतिक्रिया