२०८३ साउन २१ गते बिहीबार

काेराेना कहर: कास्कीका ५ जनासहित गण्डकीमा मंगलबार थप ८ जनाकाे ज्यान गयाे

काेराेना कहर:  कास्कीका ५ जनासहित गण्डकीमा मंगलबार थप ८ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन २६ गते मंगलबार ०६:०१

पाेखरा । मंगलबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ ।  मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्की पोखरा महानगरपालिकाका विभिन्न वडाका पाँच जना छन्। याे संगै गण्डकीमा कोरोना संक्रमणका...

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १४९ पुग्याे

पाेखरा । मंगलबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ ।  मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्की पोखरा महानगरपालिकाका विभिन्न वडाका पाँच जना छन्।

याे संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४९ पुगेको निर्देशनालयले जनाएको छ । यस्तै, मंगलबार गण्डकीका ५५३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२५३ जनामा गरिएको नमुना परीक्षणमा थप ५५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका १९७ जना, तनहुँका ५६ जना, गोरखाका ५६ जना, लमजुङका दुई जना र नवलपुरका ५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ७४ जना, पर्वतका छ जना, बागलुङका ६६ जना र म्याग्दी जिल्लाका ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार १८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४६५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ५६ पुगेको छ।

प्रकाशित मिति २०७८ साउन २६ गते मंगलबार ०६:०१

हजुरको प्रतिक्रिया