२०८३ साउन २१ गते बिहीबार

बढ्दाे ग्राफमा काेराेना : साेमबार थप ३५ काे ज्यान गयाे

बढ्दाे ग्राफमा काेराेना : साेमबार थप ३५ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन ३२ गते सोमबार ०५:२१

पाेखरा । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३५ जनाको मृत्यु भएको छ । साेहि अवधिमा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार...

३ हजार ४५१ जना संक्रमित थपिए, मृतकको संख्या १० हजार ३२७ पुग्याे

पाेखरा । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३५ जनाको मृत्यु भएको छ । साेहि अवधिमा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे भने याे अवधिमा २ हजार ४५८ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति २०७८ साउन ३२ गते सोमबार ०५:२१
हजुरको प्रतिक्रिया