२०८३ असोज २५ गते आइतबार

खरंगे खोलामा बहाव बढेपछि नारायणघट–बुटवल सडक अवरुद्ध

खरंगे खोलामा बहाव बढेपछि नारायणघट–बुटवल सडक अवरुद्ध

राजु सुवेदी कल्पित

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार १०:३७

सोमबार बिहानदेखि सवारी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बताए । उनका अनुसार यो वैकल्पिक मार्ग हो ।
विनयी त्रिवेणी गाउँपालिका– १ मा पर्ने विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडकलाई साना सवारी ओहोरदोहोर गर्ने वैकल्पिक मार्ग बनाइएको डिएसपी नेपालको भनाइ छ ।

नवलपुर ।

नवलपुरको खरंगे खोलामा पानी वहाब बढेपछि पूर्व पश्चिम राजमार्गको नारायणघट–बुटवल सडक अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–३ मा पर्ने खरंगे खोलामा बर्षातपछि पानीको बहाव बढ्दा सवारी आउजाउ ठप्प भएको हो ।

सोमबार बिहानदेखि सवारी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बताए । उनका अनुसार यो वैकल्पिक मार्ग हो ।

विनयी त्रिवेणी गाउँपालिका– १ मा पर्ने विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडकलाई साना सवारी ओहोरदोहोर गर्ने वैकल्पिक मार्ग बनाइएको डिएसपी नेपालको भनाइ छ ।

भेलबाढी पछि साना सवारी पनि ठप्प भएको उनले बताए ।

‘खहरे खोला हो पाल्पातिर बर्षात भएपछि यता बढेर आउँछ । पानीको बहाव कतिबेला घट्छ भन्नै सकिदैन’, उनले भने ।

विनयी खोलाको डाइभर्सन बगाएपछि ठूला मालवहाक सवारी भने नारायणघट–बुटवल खण्डमा ठप्प भएको उनले जानकारी दिए ।

विनयी खोलासँगै दाउन्नेमा पनि सवारी पास हुन निकै समस्या छ ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार १०:३७
हजुरको प्रतिक्रिया