२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सभामा माओवादी सांसदले च्याते बजेट पुस्तिका

गण्डकी प्रदेश सभामा माओवादी सांसदले च्याते बजेट पुस्तिका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार ०१:२३

पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा माओवादीका सांसद रेशम जुग्जालीले आगामी वर्षको वार्षिक विकास पुस्तिका च्यातेका छन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममाथि...

पोखरा ।

गण्डकी प्रदेश सभा बैठकमा नेकपा माओवादीका सांसद रेशम जुग्जालीले आगामी वर्षको वार्षिक विकास पुस्तिका च्यातेका छन् ।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममाथि छलफलका क्रममा रोष्ट्रममा पुगेका उनले बजेट पुस्तिका च्यातेका हुन् ।

उनले दुईदुई पटक म्याग्दीलाई अन्याय भएको भन्दै उनले पुस्तिका च्याते ।

‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड रु भौतिक मन्त्री ज्यू मेरो र हरि माननीयको भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् ।

दुईदुई पटक म्याग्दीलाई अन्याय भएकाले यसको कुनै अर्थ छैन । सभामुखको अनुमती लिएर च्यात्न चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०१:२३
हजुरको प्रतिक्रिया