२०८३ असोज २५ गते आइतबार

लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार ०९:४८

विश्वमा पछिल्लो एक शताब्दीमा लागू औषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइएको छ ।
लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ ।

पोखरा ।

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस आज, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

यस वर्ष ‘जन्जिर तोडौँ : सबैका लागि रोकथाम, उपचार र पुनस्र्थापना’ नाराका साथ विश्वव्यापी रुपमा यो दिवस मनाउन लागिएको हो ।

विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु दिवसको उद्देश्य रहेको छ ।

आज नेपाल प्रहरीलगायत सरोकारवाला अरु निकायले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक कार्यक्रम गर्दै छन् ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।

विश्वमा पछिल्लो एक शताब्दीमा लागू औषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइएको छ ।

लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ ।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०९:४८
हजुरको प्रतिक्रिया