२०८३ साउन २१ गते बिहीबार

कार्बन उत्सर्जन शुन्यमा झार्न सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने

कार्बन उत्सर्जन शुन्यमा झार्न सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १३ गते शुक्रबार ०१:२०

सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन...

सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्य गर्ने अन्तर्राष्ट्रि प्रतिवद्धता गरेअनुसार उक्त अभियान संचालन गर्न लागिएको जानकारी दिए ।

महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिने मन्त्री ठुकरीले बताए ।

उनले महाअभियानमा संघीय मन्त्रालय प्रदेश सरकार, स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासंघ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाहरु सहभागि हुने बताए ।

महाअभियानले कार्बन उत्सर्जन न्युनिकरण र अनुकुलनमा योगदान पु¥याउने, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण गर्ने तथा वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

अभियानले वातावरणीय समृद्धि तथा जलवायु संकट समाधान गर्न योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०१:२०
हजुरको प्रतिक्रिया