२०८३ साउन २१ गते बिहीबार

राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्

राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०१:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्। सांसद कार्कीले मानव तस्करीको...

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन्।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

सांसद कार्कीले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन्। उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गरिन्।

कार्कीले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।

‘गृहमन्त्री ज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्री ज्यू रु विपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ति चरम अवसरवादी हुन्, कि त दास हुन्। तपाईंहरु कुन वर्गमा पर्नुहुन्छ रुु, उनले भनिन्, ुगृहमन्त्री ज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ। उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो। धेरै फुर्ति नदेखाउनुस् गृहमन्त्री ज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ। तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाख देखि एक करोडसम्म असुली गर्नुभएको छ। नेपाली जनतालाई बेच्नुभएको छ।’

सांसद कार्कीले गृहमन्त्रीले तत्काल राजीनामा माग गरिन्।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०१:२७
हजुरको प्रतिक्रिया