२०८३ साउन २१ गते बिहीबार

प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत

प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०१:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र(का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले...

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र(का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।

उनले मुलुकमा रहेको असमान विकासको अवस्था कर प्रणालीको कमजोरीसँग गाँसिएको टिप्पणी गरे ।

उनले प्राकृतिक व्यक्तिका लागि करयोग्य आय सात लाख र दम्पतीका हकमा आठ लाख र्पुयाउनुपर्ने प्रस्ताव गरे । यस्तो व्यवस्थाले प्रगतिशील कर प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त उनको विश्वास छ ।

उनले भने, ‘कर प्रणालीलाई प्रगतिशील नबनाईकन असमान विकासको अवस्था भएको हाम्रो समाज र हाम्रो जस्तो मुलुकले सामाजिक न्यायको कल्पना कसरी गर्नसक्छ रु त्यसैले हाम्रो कर प्रणालीलाई कम्तिमा प्रगतीशील कर प्रणालीका रुपमा विकास गरौँ । २०५८ सालको आयकर ऐनले गरेको पाँच लाखको व्यवस्थालाई प्राकृतिक व्यक्तिको हकमा ७ लाख र दम्पतीको हकमा ८ लाखको व्यवस्था गर्दा प्रगतिशील कर प्रणालीको विकास गर्नको लागि केही सघाउ पुर्याउछ भने मेरो विश्वास छ ।’

उनले पैठारीसम्बन्धी वस्तुको भन्सार दर बढाउनुपर्नेमा सरकारले निकासीजन्य वस्तुको भन्सार दर बढाएको समेत टिप्पणी गरे ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०१:३६
हजुरको प्रतिक्रिया