२०८३ साउन २१ गते बिहीबार

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छः अध्यक्ष प्रचण्ड

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छः अध्यक्ष प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०२:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन र पार्टी आन्दोलनमा विचलन आएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्दोलनमा राजनीतिक, सैद्धान्तिक,...

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन र पार्टी आन्दोलनमा विचलन आएको बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्दोलनमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए।

कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग, तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो, त्यसनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको प्रचण्डको बुझाइ छ।
अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको उनले बताए।

‘आज भोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरू सैद्धान्तिक, राजनीतिक पनि, व्यवहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरू देखिएका छन्ु, उनले भने, ुहामीले जतिबेला कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ।
सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाडमछाड गरेको सबैतिर देखिन्छ।

अध्यक्ष प्रचण्डले अझै आफ्नो विचार, मुद्दा र वर्गप्रति समर्पित हुन नसकेको बताए। उनले भने, हामी हाम्रो विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो त्यस्तो भएन।’

 

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०२:४०
हजुरको प्रतिक्रिया