२०८३ असोज २५ गते आइतबार

पहिरोका कारण गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध

पहिरोका कारण गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार ०९:१९

चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पोखरा ।

गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध भएको छ ।

चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउनका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ ।

सडक अबरुद्ध हुँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने गाडीहरु बीच बाटोमा रोकिएका छन् ।

यो सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने सडकअन्तर्गत पर्छ ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०९:१९
हजुरको प्रतिक्रिया