२०८३ असोज २६ गते सोमबार

युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छः मन्त्री चौधरी

युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छः मन्त्री चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार १२:१७

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले उद्यम...

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने बताए ।

स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने बताए । युवाहरुले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्ने जिकिर गरे ।

उनले युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरुको बारेमा सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरु निकै फलदायी हुने बताए । युवा उद्यमीहरुलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर मिल्ने बताए ।

मन्त्री चौधरीले भने, ‘युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरुको बारेमा यस सम्मेलनमा विशेष छलफल र अन्तरक्रिया हुने नै छ । आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरु निकै फलदायी हुनेछ । युवा उद्यमीहरुलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर दिन्छ । नेपाली उत्पादन र सोचलाई तीन तहकै सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्दछ । स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाहरुलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाहरुले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’

मन्त्री चौधरीले युवाका लागि अबको निकास उद्यमशिलता, रोजगारी र सीप विकास भएको बताए ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १२:१७
हजुरको प्रतिक्रिया