२०८३ साउन २१ गते बिहीबार

युवाका सिर्जनात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

युवाका सिर्जनात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार १२:२५

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र रहेको तर त्यसका लागि सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी रहेको बताए ।

नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्ने बताए ।

युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको बताए ।

यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शौिक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी भएको जिकिर गरे । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग विश्वास व्यक्त गरे ।

युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने बताए ।

व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘वर्तमान परिप्रेक्ष्यमा युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन । जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक छ । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र होइन, सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी छ । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्छ । युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी छ । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शौिक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी हो । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग पुग्नेछ । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न हुँदैन । व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्छ । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी छ ।’

उपराष्ट्रपति यादवले मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय शुरु गर्नका लागि उत्प्रेरित गर्न जरुरी रहेको बताए । नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १२:२५
हजुरको प्रतिक्रिया