२०८३ असोज २६ गते सोमबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार ०९:१६

बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, १०० दिने अभियानका प्रतिवेदन, र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं ।

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक जारी छ ।

सोमबार शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताए ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गरेको उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, १०० दिने अभियानका प्रतिवेदन, र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा र संसद् तथा सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक विषयलगायत विविध एजेन्डामा छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा हिजो पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

उनले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन तथा बिस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरे ।

विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ११ बजे पुनः बस्ने जनाइएको छ ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार ०९:१६
हजुरको प्रतिक्रिया