२०८३ साउन २१ गते बिहीबार

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १८ गते बुधबार ०३:५३

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई...

काठमाडौ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र तेलबापत रकम पठाउँदै आएको थियो। उक्त सेवा सुविधा अबदेखि नलिने पूर्वराष्ट्रपतिले पठाएको पत्रमा उल्लेख छ।

उनले सुरक्षाबाहेक सेवा सुविधा नलिने उल्लेख गर्दै पत्र पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनु भएपछि पूर्व राष्ट्रप्रमुखको हैसियतमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले आजैका मिति देखि लागु हुने गरी कुनै पनि सेवा सुविधा नलिन निर्देशन मुताबिक श्रीमान सचिवज्यू समक्ष निवेदन पेस गरेको छु। यसको कार्यान्वयन गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीका स्वकिय सचिव राईले लेखेको पत्रमा उल्लेख छ।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्केकी छिन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय ९उपसचिव, गाडी चालक र कार्यालय सहयोगी लगायत सेवा सुविधा दिने गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आवास र सवारी सुविधा लिएकी थिइनन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्।

 

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०३:५३
हजुरको प्रतिक्रिया