२०८३ असोज २६ गते सोमबार

तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १९ गते बिहीबार ०९:२९

जसअन्तर्गत प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेको हो ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि ११ बजे नै बस्दैछ ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुनेछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै बस्दैछ । सो बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।

प्रकाशित मिति २०८२ असार १९ गते बिहीबार ०९:२९
हजुरको प्रतिक्रिया