२०८३ साउन २१ गते बिहीबार

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०९:५६

भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै उनले अनुसन्धानको माग गरेका छन् । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न उनको आग्रह थियो ।

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् ।

आईतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमँ लगानी गर्न उचित नरहेको बताए ।  जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ ।

सो बैठकमा बोल्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षणसमेत गराए ।

भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै उनले अनुसन्धानको माग गरेका छन् । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न उनको आग्रह थियो ।

उनले भने, ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ । विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुप¥यो नि । ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’

सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरे ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०९:५६
हजुरको प्रतिक्रिया