२०८३ साउन २१ गते बिहीबार

निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको छः मन्त्री खड्का

निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको छः मन्त्री खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०३:३४

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताएका छन् । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

काठमाडौं ।

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताएका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर अघि बढ्ने गरी सरकार अघि बढिरहेको बताए । उनले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने ठानेर नै सरकारले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमले आवद्ध गरेर अघि बढेको बताए । विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको पनि जिकिर गरे ।

मन्त्री खड्काले भने, ‘अहिले पनि हामी सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर, बजारको सुनिश्चितता हामीसँग छ । ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर हामी यस कामलाई अघि बढाइरहेका छौँ । यो टेक अर पेमै हुन्छ । अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सकेन । त्यसैले हामीले प्राइभेट क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आवद्ध गरेर अघि बढाइसकेका छौँ । अब ट्रान्समिसन लाइनको पनि समस्या हुँदैन । अलग ढंगले व्याख्या भएका कारणले केही दुविधा सिर्जना भएको हो । त्यो कुरा सम्बोधन भइसकेको छ । विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन । न मन्त्रालय र सरकारको धारणा छ, न समितिको । यो भन्दा अघि पनि जलश्रोत विधेयक टुंग्याइहालौँ भन्नेगरी अघि बढेका हौँ । अहिले पनि नविकरणीय उर्जा र विद्युत विधयेक हामी कहाँ छ । यसलाई एकै चोटी गरौँ । नविकरणीय उर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यक छैन जस्तो लाग्छ ।’

मन्त्री खड्काले नविकरणीय उर्जा र विद्युत विधयेकलाई समितिबाट छिटो पारित गर्नेगरी अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०३:३४
हजुरको प्रतिक्रिया