२०८३ असोज २६ गते सोमबार

पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न संसदीय समितिको निर्देशन

पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न संसदीय समितिको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०५:३६

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका छन् ।

काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन् ।

उनले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लागए । बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए । सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरुको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरुमा हेक्का राख्न चेतावनी दिए ।

उनले भने, ‘तपाईहरुले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनु भएको छ । कहिले बैठक बोलाउ, कहिले बैठक स्थगित गर । यो कति पटकसम्म ? अब अन्तिम समय हो । तपाई अनिश्चित नभन्नुस् फेरी । सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस् । थप विषय लिएर आउने होइन फेरी यही विषयमा सहमति गरेर कति दिनमा आउने हो ? मन्त्रीज्यूले भनिदिनुप¥यो ।’

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका छन् ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०५:३६

हजुरको प्रतिक्रिया