२०८३ असोज २६ गते सोमबार

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०९:०१

उनकाअनुसार आईतबारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचारहरु राखेका थिए ।

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्ने भएको छ ।

हिजो बसेको बैठकमा पार्टीका नेताहरुले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

उनकाअनुसार आईतबारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचारहरु राखेका थिए ।

उनले बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पारे ।

उपाध्यक्ष ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको उल्लेख गरे ।

उनले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०९:०१
हजुरको प्रतिक्रिया