२०८३ साउन २१ गते बिहीबार

तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनकः सांसद साह

तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनकः सांसद साह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०४:५६

काठमाडौ । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति  जनाए । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको...

काठमाडौ ।

आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति  जनाए ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गर्नुभयो । प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानविन गर्न माग गरे ।

उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने  बताए ।

उनले भने , ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरुलाई नेताहरुको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरुलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहान्छु, तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईहरुको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डिआईजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घुरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरुका गाडी पनि प्रहरीेले चलाइरहेका छन् । यो कानूनसम्मत हो कि होइन ? अहिले मौजुदा कानून मिल्छ ?’

उनले प्रहरी कर्मचारीहरुको दुरुपयोगको सम्बन्धमा छानविन गर्न समिति गठनको समेत माग गरे ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०४:५६
हजुरको प्रतिक्रिया