२०८३ असोज २६ गते सोमबार

दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने

दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०३:४६

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी...

काठमाडौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२÷८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।

उनले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताए ।

उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि उल्लेख गरे ।

उनले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको बताए ।

उनले भने , ‘न्यूनतम रोजगार चाहाने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको फागुन महिनामा अगाी आर्थिक वर्षको लागि सूचीमा सूचीकृत हुन निवेदन दिनुपर्ने  रोजगारीको हकसम्बन्धी नियमावली २०७६ को प्रावधानअनुरुप आर्थिक वर्ष २०८१÷८२ का लागि ७ लाख ९७ हजार ७ सय २५ जना र आर्थिक वर्ष २०८२÷८३को लागि ७ लाख ४५ हजार ४ सय ३५ जना सुचीकृत भएका छन् । यस्ता सूचीकृत भएका व्यत्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम एवं अन्य स्थानीय तहमा हुने कार्यक्रममार्फत परिचालन हुने रोजगारीमा समाहित गरी रोजगारीको अवसर प्रदान गरिँदै आएको छ । साथै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने ध्येयका साथ अगामी दशलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने समेत सरकारले घोषणा गरी कार्यन्वयनको लागि आवश्यक नीति, रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता साथ राष्ट्रिय तथा रोजगार सम्मेलनबाट १६ बुँदे घोषणा तय गरेको छ ।’

उनले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा  रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गरे ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०३:४६
हजुरको प्रतिक्रिया