काठमाडौ ।
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताए ।
आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने उनले उल्लेख गरे ।
विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने उनको भनाई छ ।
शुरुमा नै मुद्दाको चाप बढ्ने उनले बताए ।
काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने उनले जिकिर गरे ।
वचतकर्ताले वचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको वचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको उनले बताए ।
उनले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको बताए ।
बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।
प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०४:३३




