२०८३ साउन २१ गते बिहीबार

संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ

संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०४:५८

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् । उनले संसदको अधिकांश समय आरोप–प्रत्यारोप...

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् । उनले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिंदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका थिए । उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।

उनले भने, ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा हरु विषयमा समय खर्च गरेर बसिरहेका छौं कि भन्ने मलाई लागेको छ । आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मुल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुश भएको छ । त्यो साह्रै नै दुःखद् छ । सभामुख महोदय, हामीसँग छलफलका लागि थुप्रै विषय छन् जस्तो लाग्छ मलाई । हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ भन्ने मलाई लागेको छ । नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासलजस्ता क्षेत्रहरुमा अझै गम्भिर भएर काम आवश्यक देखेको छु ।’

उनले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले संसदमा उठेका प्रश्नहरुको समयमै जवाफ दिन मन्त्रीहरुको समेत ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०४:५८
हजुरको प्रतिक्रिया