२०८३ साउन २१ गते बिहीबार

न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुदैनः प्रधानन्यायाधीश राउत

न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुदैनः प्रधानन्यायाधीश राउत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०९:१८

उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए । उनले न्यायाधीशहरुको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको उल्लेख गरे ।

काठमाडौं ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताए ।

उनले न्यायाधीशहरुको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको उल्लेख गरे ।

उनले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो । त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ । त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहदैन । हाम्रा काम कारबाहीहरु, हाम्रा निर्णयहरु, हाम्रा भूमिकाहरु ठिक ठाउँमा प्रयोग हुनुपर्दछ । यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ । अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ । मैले हजारौं मुद्दा फैसला गरे अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन् । त्यसका बाबजुदपनि मैले न्यायापालिाको जिम्मा लिन्छु भनेको छु । लिन्छु पनि ।’

उनले तमाम चुनौतीकाबीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको पनि दोहो¥याए ।

 

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०९:१८
हजुरको प्रतिक्रिया