२०८३ साउन २१ गते बिहीबार

नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल

नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०१:१२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई...

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताए ।

उनले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको उल्लेख गरे ।

मन्त्री पौडेलले भने, ‘जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न खोजेका हौँ भने हाम्रा नीतिहरु पनि आम नागरिकले चाहेको, नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालेको हुनुपर्छ । त्यसैले यो मान्छेका संख्याहरुसँग मात्रै होइन । मान्छेका चाहनाहरुसँग पनि यो नीति जोडिएको छ । सुशासनसँग पनि जोडिएको छ । अन्य पक्षसँग पनि जनसंख्या नीति जोडिएको छ । सरकारको जनसंख्या नीतिप्रति प्राथमिकता रहेको छ भन्नेकुरा स्पष्ट भएको छ । ’

मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताए ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०१:१२
हजुरको प्रतिक्रिया