२०८३ साउन २१ गते बिहीबार

आइतवार पेश हुँदै काठमाडौँ महानगरको बजेट

आइतवार पेश हुँदै काठमाडौँ महानगरको बजेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०४:२०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभा आइतवार बोलाइएको छ। आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले आइतवार९असार २९० गते दिउँसो २ बजे सभा बस्ने जानकारी दिए। प्रमुख शाहले बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे...

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको नगरसभा आइतवार बोलाइएको छ।

आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले आइतवार९असार २९० गते दिउँसो २ बजे सभा बस्ने जानकारी दिए।

प्रमुख शाहले बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा सबै सदस्यहरूले सहमति जनाएसँगै उनले नगरसभाबारे जानकारी दिएका हुन्।

काठमाडौँ महानगरपालिकामा काठमाडौँ भ्यूटावर विवादका कारण झण्डै ७ महिनापछि आज कार्यपालिका बैठक बसेको हो।

बिहानै महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भयो। उक्त बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ।

नगरसभामा बैठकमा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यसूचि छ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०४:२०
हजुरको प्रतिक्रिया