१ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि
पाेखरा । काेराेना संक्रमणका कारण देशभर पछिल्लो २४ घण्टामा थप २४ जनाकाे ज्यान गएकाे छ । योसँगै नेपालमा काेराेनापछि मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ जनााकाे पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।
याे अवधीमा देशभर कुल १ हजार ९२४ जना निको भएका छन् । सोमबार थपिएकाे संख्यासहित देशभर हालसम्म कुल ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति २०७८ भदौ ७ गते सोमबार ०६:३५



