२०८३ साउन २१ गते बिहीबार

मुलुकमा सुशासनको प्रत्याभुतिका लागि कठोर बन्न प्रधानमन्त्रीलाई सांसद भट्टराईको आग्रह

मुलुकमा सुशासनको प्रत्याभुतिका लागि कठोर बन्न प्रधानमन्त्रीलाई सांसद भट्टराईको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३० गते सोमबार ०९:०७

उनले सत्तारुढ दलभित्रै गडबडी भएपनि छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा कठोर बन्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे । राजनीति दल र व्यवस्थाको छवि जोगाउन समेत व्यक्तिको अनुहार हेर्न नहुने उनको जिकिर छ ।

काठमाडौं ।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मुलुकमा सुशासनको प्रत्याभुति अनिवार्य रहेको बताएको बताएका छन् ।

आईतबार संसद भवन परिसररमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । सरकारले सुशासनमा सम्झौता गर्न नहुने उनको भनाइ छ ।

उनले सत्तारुढ दलभित्रै गडबडी भएपनि छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा कठोर बन्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे । राजनीति दल र व्यवस्थाको छवि जोगाउन समेत व्यक्तिको अनुहार हेर्न नहुने उनको जिकिर छ ।

उनले भने, ‘सुशासन महत्वपूर्ण कुरा हो । यति बलियो सरकार भइसकेपछि सुशासनको प्रत्याभूति हुनैपर्छ । यस सन्दर्भमा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ । उहाँकै अध्यक्षतामा सुशासन आयोग बनेको छ । त्यसकारण कडाईका साथ नै यसमा काम हुन्छ, हुनुपर्छ । कँहीकतै सत्तारुढ दलभित्र समस्या छन्, गडबडी भएका छन् भने छानविन हुनुपर्छ । कतिपय कुरामा प्रधानमन्त्रीज्यू पनि कठोर हुनुपर्छ । किनभने यो राजनीतिक दलको छविको कुरा हो । लोकतन्त्रको छवि बचाउने कुरा हो । यसमा कुनै व्यक्तिको अनुहार हेर्ने कुरा होइन । अहिले दुई दलीय सरकार बनेको कुरामा शासकीय स्थायित्व छ । कर्मचारीतन्त्र स्थायी सरकार भन्ने भाष्य गलत भाष्य हो । स्थायी सरकार भनेको त राजनीति हो । त्यसकारण राज्यको लक्ष्यअनुसार कर्मचारी प्रशासन अगाडि बढ्नुप¥यो ।’

मुलुकमा शासकीय स्थायित्व दिने गरी काम गर्न समग्र कर्मचारीतन्त्रलाई पनि उनले आग्रह गरे ।

प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०९:०७
हजुरको प्रतिक्रिया